3 months ago

विश्वविद्यालय तथा कलेजका विद्यार्थीलाई उद्यमशिल बनाउन जोड
२० असार, भरतपुर
होटल दियालो क्षेत्रपुरको सभाहलमा आज तिन दिने उद्यमशिलता विकासमा शैक्षिक संस्था र निजी क्षेत्रको भुमिका विषयक कार्यशाला शुरु भएको छ । हाल अध्ययानरत विद्यार्थीहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ र शैक्षिक प्रणालीमा के सुधार गरियो भने स्वरोजगार तिर आर्कषित हुन्छन् भन्ने विषयहरुको जानकारी लिन यस कार्यक्रमको आयोजना गरिएको हो । मैयादेवी कन्या कलेज र उद्योग वाणिज्य संघ–चितवनको संयुक्त आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको उद्यमशिलता विकासमा शैक्षिक संस्था र निजी क्षेत्रको भुमिका विषयक कार्यशालामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मैयादेवी कन्या कलेजका संरक्ष प्रेमकुमार श्रेष्ठले हातमा सर्टिफिकेट भएर मात्र व्यक्ती रोजगारीका लागि उपयुक्त नहुने भन्दै आवश्यकता अनुसारको शिक्षा र अनुभवको खाँचो रहेको बताउनुभयो । उहाँले निजी क्षेत्र र शैक्षिक संस्थाहरु मिलेर उद्यमशिलता विकाशका कार्यक्रमहरु अगाडी बढाउनु पर्ने बताउनुभयो ।
यसै कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले निजी क्षेत्र र शैक्षिक संस्थाहरु विचको ज्ञान साझेदार गरेर चितवन जिल्लाको आर्थिक, सामाजिक, क्षेत्रको विकासको साथ साथै कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकासका लागि के गर्न सकिन्छ भन्ने तथ्याङ्क उपलब्ध गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने र उद्योग र शैक्षिक संस्थाहरु विच एक आपसमा आवश्यकता र समस्याहरुबारे समधान खोज्न यस कार्यक्रम महत्वपुर्ण रहेको बताउनु भयो । उहाँले विद्यार्थीलाई स्थापित गराउन पढ्दै कमाउदै गर्नुपर्ने भएकाले कलेजहरु सँग सहकार्य गरेर रोजगार सृजना गर्न उद्योग वाणिज्य संघ–चितवन तयार रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै मैया देवी कन्या कलेजका क्याम्पस प्रमुख भोजराज न्यौपानेले विश्वको सवै विकसित देशहरु उद्यम व्यवसायबाटनै विकास भएको बताउदैँ उहाँले कलेजका विद्यार्थीलाई उद्यम बनाउन निजी क्षेत्रको पनि सहयोगको आवश्यकता रहेकोले निजी क्षेत्रलाई सहयोग गर्न अपिल गर्नुभएको थियो । कार्यक्रलममा बोल्दै मैया देवी कन्या कलेजको प्रध्यापक संघका सभापती कृष्णप्रसाद न्यौपानेले अहिलेका यूवाहरु भविश्यको खोजी गर्दै बढ्दो विदेश पलायनले भईरहेको अवस्थामा रोजगार गर्दै पढ्न पाए विद्यार्थीलाई सहज हुने बताउदैँ उहाँले पाटटाईम रोजगारी सृजना गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको थियो । कार्यशालामा उद्यमशितला विकास सम्बन्धीका ४ वटा शिर्षकमा स्रोत व्यक्तीहरुले प्रस्तुतीकरण गर्नुभएको थियो । व्यवसाय विकासमा निजी क्षेत्र, सार्वजनीक क्षेत्र र शैक्षिक क्षेत्रको भुमिका विषयमा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर के.सीले प्रस्तुतिकरण दिनुभएको थियो । पर्यटन र उद्यमशिलताका विषयमा उद्योग वाणिज्य संघ–चितवनका पूर्व विशिष्ट सदस्य एवं मैया देवी कन्या कलेजका अनुसन्धान तथा प्रकाशन प्रमुख डा. विश्वराज सुवेदी प्रस्तुतीकरण गर्नुभएको थियो । उद्यमशिता र उत्प्रेरण सम्बन्धी विषयमा चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेलले प्रस्तुतीकरण गर्नुभएको थियो । अनुसन्धान र उद्यमशिताका विषयमा शहिद स्मारक कलेजका अनुसन्धान तथा प्रकासन प्रमुख राजु रानाभाटले प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा मैयादेवी कन्या कलेजका प्रध्यापकज्यूहरु, विभिन्न कलेजका प्राध्यापक, कर्मचारी , विभिन्न कलेजका विद्यार्थीहरू गरी ५० जनाको सहभागीता रहेको थियो ।



3 months ago

📢 Join Us for a Transformative Experience!

🧘‍♂️ Training on Stress Management & Happy Living 🧘‍♀️

🌟 Organized by the Chamber of Commerce & Industry-Chitwan 🌟

🗓 Date: Tomorrow (21, June 2024)
🕑 Time: 2 PM onwards

Discover effective strategies for managing stress and embracing a happier, healthier lifestyle. Don't miss this opportunity to learn from the best and enhance your well-being!

📍 Location: Chamber of Commerce & Industry-Chitwan

Come and be a part of this enriching session! See you there! ✨

#StressManagement #HappyLiving #ChamberOfCommerceChitwan #Wellbeing #CommunityEvent



3 months ago

मुटु जाेगाउ, स्वस्थ बनाैं, भाेली दिनकाे १ बजे मुटु तथा मुटराेग सम्बन्धी अन्तरक्रिया कार्यक्रम रहेकाेले सम्पूर्णामा उपस्थितिकाे लागि हार्दिक अनुराेध गर्दछाैं ।



3 months ago

मुटु जाेगाउ, स्वस्थ बनाैं, भाेली दिनकाे १ बजे मुटु तथा मुटराेग सम्बन्धी अन्तरक्रिया कार्यक्रम रहेकाेले सम्पूर्णामा उपस्थितिकाे लागि हार्दिक अनुराेध गर्दछाैं ।



3 months ago

के छ आर्थिक बिेधयेक २०८१ मा
जान्नको लागि सहभागी हुनुहोस्

आर्थिक विधेयक २०८१ ले प्रदान गरेका छुट सुविधा तथा कर प्रशासन संग सम्बन्धित ऐन नियमावलीमा भएका संशोधन सम्बन्धि
छलफल तथा अन्तरक्रियका कार्यक्रम
मितिः २०८१ जेठ २३ गते
समयः २ः३० बजे
स्थानः उद्योग वाणिज्य संघ–चितवनको सभाहल

आयोजकः
उद्योग वाणिज्य संघ– चितवन
आन्तरिक राजश्व कार्यालय , भरतपुर, चितवन ।


उधोग वाणिज्य संघ चितवन
6 months ago

राष्ट्रिय सभा अध्यक्ष र भरतपुर महानगर प्रमुखलाई बधाई तथा सम्मान .


उधोग वाणिज्य संघ चितवन
6 months ago

शिल बन्दी काेटेशन पेश गर्ने सम्बन्धि जरूरी सूचना


उधोग वाणिज्य संघ चितवन
6 months ago

उद्योग वाणिज्य संघ–चितवनको कार्ययोजना गोष्ठी सम्पन्न
८ फागुन, भरतपुर
चितवनका उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवनको आगामी दुई वर्षे कार्यकालको लागि कार्ययोजना गोष्ठी मंगलबार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त गोष्ठीले संघले २०८०–२०८२ कार्यकालमा गर्ने कार्यक्रमहरु सदस्यता मुखी कार्यक्रमहरु लगाएत चितवन जिल्लाका आर्थिक तथा सामाजिक विकास सम्वन्धी योजना एवं मिनी एक्जीवेशन सेन्टर निर्माण तथा हाइजिन फुड कोर्ट निर्माण गर्ने योजना तय गरेको छ । कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो । कार्ययोजना निर्माण गरेर काम गर्दा सफलता प्राप्त गर्न सकिने वताउँदै श्रेष्ठले योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधानले संघको स्थापनाकालिन अवस्था र विगतमा संघले गरेका क्रियाकलापहरुका बारेमा जानकारी गराउनुभएको थियो । यसैगरी पूर्व अध्यक्ष रमेशकुमार पियाले संघ स्थापना हुनुको उद्देश्य र उद्योगी व्यवसायीको वर्तमान अवस्थाको वारेमा आफ्नो धारणा राख्नु भएको थियो । पुर्व अध्यक्ष मित्रराज दवाडीले आगामी दिनमा संघले गर्नुपर्ने कामको वारेमा जानकारी गराउनु भएको थियो । पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराईले सवै राजनैतिक दलहरुले देशको अवको एजेण्डा आर्थिक विकासको वनाउनुपर्ने वताउँदै संघले आफ्नो कार्ययोजना पनि आर्थिक विकास संग सम्वन्धित कुरा पार्न सुझाव दिनुभएको थियो । पूर्व अध्यक्ष राजन गौतमले आगामी दिनमा संघलाई के गर्दा राम्रो हुन्छ र वर्तमान कार्यसमितिलाई उहाँले संघबाट निस्कदै गर्दा आफुले संघको लागि गरेको कामले गर्व महशुस गर्ने कार्य गर्न सुझाव दिनुभएको थियो ।
दुई दिनसम्म सञ्चालित गोष्ठीमा पुर्वाञ्चल विश्वविद्यालयका सहप्राध्यापक एवम् डिन डा. सन्देश दास श्रेष्ठ प्रमुख प्रशिक्षक रहनु भएको थियो भने संघका कार्यकारी निर्देशक निलबहादुर केसी र कार्यक्रम अधिकृत गणेश सुवेदीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तमलाल चुके, सहनलाल प्रधान, राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ लगाएत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।


उधोग वाणिज्य संघ चितवन
7 months ago

काठमाडौं बाहिर पहिलाे पटक कम्प्युटर एसाेसीएसन नेपाल महासंघ चितवन शाखा र उद्योग वाणिज्य संघ चितवन द्वारा २०८० भाद्र २१ देखि २३ गते सम्म आयाेजित Techminds networks "CAN SOFT TECH CHITWAN 2080" उद्याेग वाणिज्य संघ नारायणगढकाे प्राङ्गण (नारायणी किनार नारायणगढ) चितवनमा भब्यताका साथ समुद्घाटन सम्पन्न भएको थियो |
चितवन- नवलपरासी तथा नजिकका उद्याेगी ब्याबसायीहरुलाई आवस्यक पर्ने सफ्टवेयर तथा सर्भिसकाे बारेमा जानकारी दिन आयोजित उक्त मेला अवधिमा विशेष छुटकाे व्यवस्था समेत रहेको थियो |
साथै यस मेलामा चितवन तथा नवलपरासीका आईटी बिषय पढाइ हुने कलेजहरुकाे पनि सहभागीता रहेकाेले विधार्थीहरुलाई कक्षा १२ पश्चात् कुन बिषय तथा कलेज पढ्ने भन्ने कुराकाे आवस्यक परामर्श समेत प्रदान गरिएको थियो |


उधोग वाणिज्य संघ चितवन
7 months ago

काठमाडौं बाहिर पहिलाे पटक कम्प्युटर एसाेसीएसन नेपाल महासंघ चितवन शाखा र उद्योग वाणिज्य संघ चितवन द्वारा २०८० भाद्र २१ देखि २३ गते सम्म आयाेजित Techminds networks "CAN SOFT TECH CHITWAN 2080" उद्याेग वाणिज्य संघ नारायणगढकाे प्राङ्गण (नारायणी किनार नारायणगढ) चितवनमा भब्यताका साथ समुद्घाटन सम्पन्न भएको थियो |
चितवन- नवलपरासी तथा नजिकका उद्याेगी ब्याबसायीहरुलाई आवस्यक पर्ने सफ्टवेयर तथा सर्भिसकाे बारेमा जानकारी दिन आयोजित उक्त मेला अवधिमा विशेष छुटकाे व्यवस्था समेत रहेको थियो |
साथै यस मेलामा चितवन तथा नवलपरासीका आईटी बिषय पढाइ हुने कलेजहरुकाे पनि सहभागीता रहेकाेले विधार्थीहरुलाई कक्षा १२ पश्चात् कुन बिषय तथा कलेज पढ्ने भन्ने कुराकाे आवस्यक परामर्श समेत प्रदान गरिएको थियो |


कम्प्युटर एसोसिएसन नेपाल महासंघ चितवन
1 year ago

कम्प्युटर एसोसिएसन नेपाल महासंघले उधोग वाणिज्य संघ चितवनको लागि निर्माण गरेको CCI Chitwan नामक मोबाइल एप सम्बन्धि तालिम कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा उधोग वाणिज्य संघका पदाधिकारी ज्यु हरु , कार्यसमिति सदस्य ज्यु हरु, यस अन्तर्गतका विभिन्न बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु ज्यु लागाएतको सहभागिता रहेको थियो ।


कम्प्युटर एसोसिएसन नेपाल महासंघ चितवन
1 year ago

काठमाडौं बाहिर पहिलाे पटक कम्प्युटर एसाेसीएसन नेपाल महासंघ चितवन शाखा र उद्योग वाणिज्य संघ चितवन द्वारा आयाेजित Techminds networks "CAN SOFT TECH CHITWAN 2080" उद्याेग वाणिज्य संघ नारायणगढकाे प्राङ्गण (नारायणी किनार नारायणगढ) चितवनमा भब्यताका साथ समुद्घाटन सम्पन्न भयाे।

तिन दिन (२०८० भाद्र २१ देखि २३ गते सम्म) चल्ने उक्त मेलामा विशेष गरि साना देखि ठुला उद्योगी, ब्याबसायी तथा सहकारीकाे निम्ति आवस्यक पर्ने विभिन्न सफ्टवेयरहरु एउटै छातामुनी उपलब्ध हुनेछन्।

चितवन- नवलपरासी तथा नजिकका उद्याेगी ब्याबसायीहरुले उक्त मेलाकाे अवलाेकन गरि आफुलाई आवस्यक पर्ने सफ्टवेयर तथा सर्भिसकाे बारेमा जानकारी लिई लाभान्वित हुन सक्नेछन। मेला अवधिमा विशेष छुटकाे व्यवस्था समेत रहेको छ।

साथै यस मेलामा चितवन तथा नवलपरासीका आईटी बिषय पढाइ हुने कलेजहरुकाे पनि सहभागीता रहेकाेले कक्षा १२ पश्चात् कुन बिषय तथा कलेज पढ्ने भन्ने कुराकाे आवस्यक परामर्श लिन सकिनेछ।